images
images
  • सुदूरपश्चिम क्षेत्रमा भूकम्पको धक्का

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प गएको छ ।  शुक्रबार राति १० बजेर २ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो ।

    बझाङ र बाजुराको सीमा सैपाल नजिक केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

    भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण अहिलेसम्म सार्वजनिक भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images