images
images
  • भेरी नदीमा डुबेर दुई बालबालिकाको मृत्यु, एकजना अझै बेपत्ता

    सुर्खेत – भेरी नदीमा पौडी खेल्न गएका २ जना बालबालिकाको मृत्यु भएको छ भने अन्य एकजना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिका– ८, मन्मैमा पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो तीन जना बालबालिका बेपत्ता भएका थिए ।

    जसमध्ये दुई जनाको ज्यान गएको र एक जना बेपत्ता रहेको जिल्ला पहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

    उनका अनुसार मृत्यु हुनेमा नलगाड नगरपालिका– ८ मन्मै बस्ने टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवती नेपाली र सोही ठाउँका सुरेन्द्र कुसारीको अन्दाजी १२ वर्षीया छोरी आशा कुसारी रहेका छन् ।

    सुरेन्द्रकी १० वर्षीय छोरा महेश कुसारी बेपत्ता रहेको जाजरकोट प्रहरीले जनाएको छ ।

    भेरी नदीमा बगिरहेको देखेपछि भगवतीको स्थानीयले उद्धार गरी आठबिसकोट नगर अस्पतालमा लगेका थिए । उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

    उनीहरू शुक्रबार दिउँसो पौडी खेल्न नदी पुगेका थिए । बेपत्ता बालकको खोजी कार्य भइरहेको डिएसपी शर्माले बताए । बेपत्ता बालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images