images
images
  • पूर्वउद्योगमन्त्री झाविरुद्ध जालसाजी मुद्दा दर्ता

    काठमाडौं – पूर्वउद्योगमन्त्री अनिलकुमार झाविरुद्ध जालसाजी मुद्दा दर्ता भएको छ। झाविरुद्ध धनुषा जिल्ला अदालतमा जालसाजी मुद्दा दर्ता भएको हो।

    नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोसहित २१ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले २०८२ वैशाख २५ गते नेता झासहित दुईजना विरुद्ध जालसाजीसम्बन्धी मुद्दा धनुषा जिल्ला अदालतमा दर्ता गरेका छन्।

    अदालत स्रोतका अनुसार झाले पार्टीको आन्तरिक निर्णयलाई तोडमोड गर्दै किर्ते कागजात तयार पारेर झूटो ब्यहोरा पेश गरी निर्वाचन आयोगमा कमिटी अद्यावधिकका लागि निवेदन दर्ता गराएको आरोप लगाइएको छ। मुद्दामा झासँगै निवेदकहरूले आफ्ना केन्द्रीय महासचिव सरस्वती कुमारी झालाई समेत प्रतिवादी बनाएका छन्।

    २०८१ चैत ९ गते नेपाल सद्भावना पार्टीको बैठक बसेर केही निर्णयहरू गरिए पनि विपक्षी अनिल कुमार झाले नेपाल सद्भावना पार्टीको केन्द्रीय महासचिव सरस्वती कुमारी झालाई आफ्नो प्रभावमा लिई उक्त मितिको बैठकलाई आधार बनाई पदाधिकारीहरूले गर्दै नगरेको झूटा ब्यहोराको माइनट तयार गरी आफूहरूको किर्ते सही गरेर झूटा ब्यहोराको कागज तयार गरी विपक्षीमध्येको अनिल कुमार झाले आफूलाई अध्यक्ष तथा विभिन्न व्यक्तिहरूलाई विभिन्न पदको पदाधिकारी बनाई झूटा ब्यहोराको कागज तयार गरी चैत्र २९ निर्वाचन आयोग कार्यालयमा दर्ता गराएको रिट निवेदकहरूको दाबी छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images