images
images
  • स्याङजामा स्कुटर ट्रकसँग ठोकिँदा एक युवतीको मृत्यु

    पोखरा – स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एक जनाको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका–१ कुभिण्डेमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु भएको हो ।

    शुक्रबार बिहान स्याङ्जाबाट पोखरा आउँदै गरेको ना४ख ९३३१ नम्बरको ट्रकसँग सोही दिशातर्फ गुडिरहेको एएबी ०२४३ नम्बरको स्कुटर ठोकिएको थियो ।

    दुर्घटनामा पुतलीबजार १३ लाम्पाटाकी २४ वर्षीय जीतमाया थापाको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images