images
images
  • आज इलामसहित यी ९ जिल्लामा बाढीको जोखिम, सतर्कता आवश्यक

    आज (जेठ २३, शुक्रबार) बाढीको सम्भावित जोखिमका हिसाबले ९ जिल्लाका बासिन्दाले सतर्कता अपनाउन आवश्यक देखिएको छ।

    बाढी पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे बुलेटिन जारी गरी इलामदेखि पश्चिमका ९ जिल्ला र आसपास भई बग्ने खोला-नदीमा ठूलो बाढी आउने सम्भावना देखिएको जानकारी दिएको हो।

    सूचनामा भनिएको छ: आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, धनुषा, धनकुटा, सर्लाही र आसपासका जिल्ला भई वहने केही ससाना नदीमा बहाव सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।

    यस्तै बाढी महाशाखाले आगामी ३ दिन (आइतबारसम्म) कोसी नारायणी कर्णाली महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक देखिएको बताएको छ।

    बाढी महाशाखाले अगाडि भनेको छ: कन्काई, कमला र बागमतीमा बहाव केही हदसम्म बढ्न सक्ने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाईराखौँ।

    बाढीको सम्भावनाबारे विस्तृत जानकारी तल:

    b 1 F4eEwSNzBlb

    प्रतिक्रिया दिनुहोस्
    images
    images