images
images
  • गाईबस्तुलाई घाँस खुवाउनै जान्दैनन् किसान!

    काठमाडौं : पशुलाई खोले र पराल खुवाए मात्रै पुग्छ भन्ने मान्यताबाट नेपाली पशुपालक किसान अघि बढ्न नसक्दा कम लागतमा धेरै दूध र मासु उत्पादन गर्न सकिरहेका छैनन्। वर्षाको मौसममा त्यसै खेर जाने घाँसलाई सही रूपमा प्रयोग गर्न नसक्दा हिउँदमा पौष्टिक खाना पशुलाई खुवाउन नसकेर उत्पादन बढ्न सकेको छैन।

    बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, हरियो घाँसको पौष्टिकतालाई नष्ट नगरी यसलाई लामो समयसम्म संरक्षण गर्न सकिन्छ । यो प्राविधिक ज्ञान नहुँदा किसानले आफूसँग भएको घाँसको राम्रोसँग प्रयोग गर्न नसकेको यस क्षेत्रका विज्ञले बताएका छन्।

    नेपालमा ‘साइलेज’ (हरियो घाँस सुकाएर बनाइएको) को इतिहास धेरै लामो भए पनि यसको विस्तार भने त्यति धेरै भइसकेको छैन। २०२२ सालमै नेपालमा मकैबाट साइलेज बनाइएको थियो। तत्कालीन स्विस लाइभस्टक एक्सपोर्ट डा. मोन्चले पशु विकास फार्म जिरीमा साइलेज बनाउन शुरु गरेका थिए। पशु विकास फार्म पोखरामा आर्थिक वर्ष २०३४/३५ मा नै मकै तथा टिओसेन्टी घाँसबाट साइलेज बनाइँदै आएको छ।

    घाँस कम हुने समय वा हिउँदमा गाईभैँसीलाई घाँसमा भएको पौष्टिक तत्त्व खुवाउन सकिने भए पनि नेपाली किसानले यसको प्रयोगमा चासो नदिएको पशु प्राविधिक उद्धवप्रसाद सापकोटा बताउँछन्। उनले नेपालमा खोले र पराल खुवाउने परम्परा रहे पनि विकसित मुलुकमा साइलेज बनाउनु सामान्य नै मानिने बताए। हरियो अवस्थामा नै रहेको घाँस तथा घाँसेबालीलाई उपयुक्त समयमा काटी त्यसबाट ३० देखि ३५ प्रतिशत जलाङ्शको मात्रा घटाई ओइल्याएर साइलेज बनाउन सकिने उनको भनाइ छ।

    ओइलाएको घाँसलाई १–३ सेमीका टुक्रा पारी हावा पस्न नसक्ने गरेर खाडल वा प्लास्टिक झोलामा तह तह बनाई खाँदेर घाँसमा रहेको सम्पूर्ण पोषक तत्त्वहरूलाई कायमै राखी अम्लीयकरण प्रक्रिया पूरा गरेको पदार्थ नै साइलेज भएको उनी बताउँछन्।

    हिउँद तथा सुक्खा मौसममा खुवाउनका लागि बर्खामा बढी भएको घाँस तथा घाँसेबालीलाई त्यसमा निहित पोषिलोपनलाई कत्ति पनि घट्न नदिने भएकाले यसको ठुलो महìव हुने कृषि प्रचार अधिकृत कृष्ण धितालको भनाइ छ। ‘दूध उत्पादनका लागि बाह्रै महिना हरियो घाँसको उपलब्धता आवश्यकता अनुसार हुन सक्दैन। हरियो घाँस उत्पादन गर्न मौसमी प्रतिकूलता, भू-बनोट र सिँचाइको कमीले गर्दा सबै याममा हरियो घाँस उत्पादन गर्न सकिँदैन’, उनले भने, ‘खासगरी मङ्सिरदेखि जेठसम्म हरियो घाँसको बढी अभाव भएको पाइन्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images