images
images
  • विश्वकप लिग-२ : स्कटल्यान्डसँग भिड्दै नेपाल

    काठमाडौं– आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्दै छ । नेपालले स्कटल्यान्डसँग खेल्दै चौथो चरणको सिरिजको सुरुवात गर्न लागेको हो । पहिलो खेल सोमबार दिउँसो नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ ।

    नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय यस सिरिज आजदेखि सुरु हुन लागेको हो । सात महिलापछि लामो ढाँचाको सिरिजमा फर्किएको नेपाललाई लिग-२ मा टिकिराख्न आगामी खेल जित्नैपर्ने दबाब छ ।

    नेपालले यसअघि लिग-२ अन्तर्गत २०२४ को नोभेम्बरमा अमेरिकामा नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित सिरिज खेलेको थियो । नेपाल र स्कटल्यान्डबीच यसअघि भएका भिडन्तमा नेपाल बलियो देखिएको छ ।

    यसअघि भएका आठ एक दिवसीय खेलमा नेपालले चार जित र स्कटल्यान्डले तीन जित निकालेको छ । एक खेल भने रद्द भएको थियो । सोमबारदेखि लिग-२ खेल्नुअघि नेपालले स्कटल्यान्डको ‘ए’ टिमसँग दुई वटा अभ्यास खेल खेल्ने मौका पाएको थियो ।

    नेपाल पहिलो खेलमा स्कटल्यान्डसँग १०२ रनले पराजित भयो भने आइतबारका लागि तय भएको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । लिग-२ मा अहिले आठ टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । यो सन् २०२७ मा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको सिरिज हो ।

    सिरिजको शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । अन्तिम चारमा रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

    नेपाल अहिले लिग-२ मा १२ खेलबाट ६ अङ्क जोड्दै तालिकाको अन्तिममा छ । १६ खेल सकेको स्कटल्यान्ड २० अङ्कसहित चौथो र २० खेल सकेको नेदरल्यान्ड्स २६ अङ्कसहित दोस्रो स्थानमा छ ।

    शीर्षस्थानमा रहेको अमेरिकाको २० खेलबाट २८, तेस्रो स्थानमा रहेको ओमानको २४, पाँचौँ स्थानमा रहेको क्यानाडाको २० खेलबाट २०, छैटौँ स्थानमा रहेको नामिबियाको २० खेलबाट १४ र सातौँ स्थानमा रहेको संयुक्त अरब इमिरेट्स (युएई)को १६ खेलबाट ६ अङ्क मात्र छ ।

    नेपालले यस सिरिजको पहिलो खेल सोमबार स्कटल्यान्ड, बुधबार नेदरल्यान्ड्स, आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ । त्यसपछि तीन टोलीबिच टी-२० सिरिज हुने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images