images
images
  • तराईमा हावाहुरी, काठमाडौंसहित यी स्थानमा वर्षा

    काठमाडौं । देशका केही भूभागमा आज (आइतबार) वर्षाको सम्भावना रहेको छ । हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

    यी प्रदेशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ रहेको विभागले जनाएको छ ।

    मधेस प्रदेशलगायत कोसी, लुम्बिनी, सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरीको सम्भावना छ ।

    काठमाडौंमा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् डेबिट ढकालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images