images
images
  • कञ्चनजंघा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

    काठमाडौं : कञ्चनज‌ंघा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति प्राप्त गरी आरोहणमा गएका दुई फ्रान्सेली नागरिकमध्ये ६३ वर्षीया मार्गेटा मोरिङको मृत्यु भएको हो।

    सिरीजङ्घा गाउँपालिका-८ स्थित कञ्चनजंघा हिमालको दक्षिणी धारबाट वैशाख २६ गते आरोहण सुरु गरेका उनीहरू वैशाख २७ गते राति करिब ११ बजे करिब आठ हजार मिटरको उचाइमा पुगेका थिए। त्यही क्रममा श्वासप्रश्वासमा समस्या भई मार्गेटाको मृत्यु भएको गाइड योगेन्द्र तामाङलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    उनको शव समुद्री सतहदेखि करिब सात हजार ५०० मिटर उचाइमा रहेको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस्

    images