images
images
  • अफगानिस्तानविरुद्धको खेल रद्द, विश्वकप खेल्ने नेपालको सपना अधुरै

    काठमाडौँ : आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ।

    मौसमका कारण खेल हुन नसकेपछि अंक बराबरी भए पनि रनरेटका आधारमा पछि परेपछि विश्वकप खेल्ने नेपालको सपना अधुरै रह्यो। शनिबार बिहान ९ बजेबाट मूलपानीको तल्लो मैदानमा प्रतियोगिता सुरु हुने कार्यतालिका थियो।

    आफ्ना पछिल्ला तीनवटा खेलमा विजयी भएका दुवै टोली आज आफ्नो अन्तिम खेल जितेर विश्वकपमा छनोट हुने आशामा थिए।

    तर मौसमले साथ नदिएपछि रनरेटका आधारमा अफगानिस्तान छनोट भएको हो। नेपाल र अफगानिस्तान दुबैले युएई, ओमन र हङकङलाई पराजित गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images