images
images
  • क्यानले गर्‍यो खेलाडी नयाँ वर्गीकरण, सन्दीपसहित पाँच खेलाडी ‘ए’ मा, कुशल र करणको घटुवा

    नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली पुरुष तथा महिला क्रिकेट खेलाडीको वर्गीकरण गरेको छ। क्यानले गरेको नयाँ वर्गीकरणमा पुरुषतर्फ ग्रेड ‘ए’मा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेख गरी ५ खेलाडीलाई समावेश गरिएको छ।

    गत वर्गीकरण हुँदा सन्दीप लामिछाने निलम्बनमा थिए। उनीबाहेक कप्तान रोहित, सोमपाल, करण, दीपेन्द्र, आसिफ र कुशल भुर्तेल ‘ए’ वर्गीकरणमा थिए। अनिल शाह भने यसअघि डी मा थिए।

    ग्रेड ‘बी’मा करण केसी, कुशल भुर्तेल, गुल्शन झा, ललितनारायण राजवंशी र अनिल शाह गरी ५ खेलाडी छन्। यसअघि बी श्रेणीमा रहेका कुशल मल्ल, भीम सार्की आरिफ सेख र अविनाश बोहोराको पनि घटुवा भएका छन्। तीनजना सी मा घटुवा हुँदा बोहोरा डी मा झरेका छन्।

    यस्तै, ग्रेड ‘सी’मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल गरी चारजना छन्। विनोद भण्डारी र अर्जुन साउद वर्गीकरणमा नपर्दा प्रतिश जीसी एक तह घटुवा भएर डी मा पुगेका छन्।

    ग्रेड ‘डी’मा सागर ढकाल, लोकेस बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिस जिसी, अविनाश बोहरार, मयन यादव छन्।

    पवरन सराफ डी बाट बाहिरिँदा लोकेश बम, साहब आलम, रिजन ढकाल, देवखनाल, बसिर अहमद र मयन यादव डी ग्रेडमा परेका हुन्।

    क्यानले इमर्जिङ क्याटागोरीमा यसअघि पनि यही क्याटागोरीमा रहेका दिपेश कँडेल, अर्जुन घर्ती, हेमन्त धामी, रुपेश सिंह यसपटक पनि छन्। यसपटक अर्जुन कुमाल, शुभ कंसाकार र सन्तोष यादव पहिलोपटक क्यानबाट मासिक तलब पाउने गरी इमर्जिङ क्याटागोरीमा परेका हुन्।

    पुरुषतर्फ ग्रेड ‘ए’मा रहेका खेलाडीलाई मासिक एक लाख, ग्रेड ‘बी’कालाई ७० हजार, ग्रेड ‘सी’कालाई ५५ हजार, ग्रेड ‘डी’कालाई मासिक ३५ हजार र इमर्जिङ क्याटगोरीमा रहेका खेलाडीलाई मासिक २५ हजार रुपैयाँ तलब उपलब्ध गराइने क्यानले जनाएको छ।

    महिलातर्फ ग्रेड ‘ए’मा इन्दु वर्मा, पूजा महतो, रुबिना क्षेत्री र सीता रानामगर छन्। ग्रेड ‘बी’मा कविता जोशी र ग्रेड ‘सी’मा कविता कुँबर र सम्झना खड्का छन्। यस्तै, ग्रेड ‘डी’मा विन्दु रावल, एलिसा यदादव, साना प्रविन, रिया शर्मा, सीमाना केसी, सावित्री धामी, रोमा थापा, इश्वरी विष्ट, कृष्मा गुरुङ, मनीषा उपाध्यय छन्।

    क्यानले महिलातर्फ ग्रेड ‘ए’मा रहेकालाई मासिक ५० हजार, ग्रेड ‘बी’कालाई मासिक ३५ हजार, ग्रेड ‘सी’कालाई मासिक २५ हजार, ग्रेड ‘डी’कालाई मासिक २० हजार रुपैयाँ तलब उपलब्ध गराउनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images