images
images
  • सुर्खेतबाट काठमाडौँ जाँदै गरेकाे बस दाङकाे ट्वाङ्खोलामा दुर्घटना

    दाङ- सुर्खेतदेखि काठमाडौँ जाँदै गरेको बस दाङकाे बबई गाउँपालिका-२ तल्लो ट्वाङ्खोलाकाे घुम्तीमा दुर्घटना भएको छ ।घटनास्थलमा प्रहरी पुगेर यात्रुहरूकाे उद्दार गरेका छन् । मध्यरातसम्म ७ जना यात्रुलाई उपचारका लागि तुलसीपुर प्रादेशिक अस्पताल लगिएको छ ।

    कर्णाली प्रदेश ०२-००१ ख -०७०१ नम्बरकाे बस दुर्घटनामा परेकाे हाे ।

    इलाका प्रहरी कार्यालय खिलतपुर र हापुरेकाे प्रहरी टाेली घटनास्थलमा खटिएको खिलतपुरका प्रहरी निरिक्षक खिमबहादुर खड्काले जानकारी दिए ।

    घटनाको थप विवरण आउन बाँकी छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images