images
images
  • अन्तर्राष्ट्रिय दाल दिवस र अरबी चितुवा दिवस आज

    काठमाडौं । आज अन्तर्राष्ट्रिय दाल दिवस र अरबी चितुवा दिवस हो । पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्ने व्यञ्जनका रुपमा खपत हुने गरेको छ ।

    दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउनसंयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन सुरु भएको हो । खाद्य प्रणालीमा विविधता कायम गर्न दाल दिवस उपयोगी हुने उक्त विश्व संस्थाको बुझाइ छ ।

    अरबी चितुवाका बारेमा चेतना जागृत गर्न संयुक्त राष्ट्रसंघको महासभाले फेब्रुअरी १० लाई अन्तर्राष्ट्रिय अरबी चितुवा दिवसको रूपमा मनाउने घोषणा गरेको हो ।

    लोपोन्मुख यो वन्यजन्तु र यसको वासस्थानको संरक्षणका साथै जैविक विविधता जोगाउने उद्देश्यले यो दिवस मनाउन थालिकएको हो ।

    विश्वव्यापी पारिस्थितिकीय प्रणालीलाई जोगाउने प्रयासस्वरुप यो दिवसमा अरब क्षेत्रका देश, गैरसरकारी संस्था र समुदायका साथै राष्ट्रसंघीय निकायले चेतनामूलक विविध कार्यक्रम आयोजना गर्दै आएका छन् ।

    जोखिममा परेका जन्तुको संरक्षणमा सरोकार भएका निकायलाई प्रोत्साहन गर्नु यो दिवसको उद्देश्य हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images