मनाङ । मनाङमा यौन दुर्व्यवहार गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् ।
जिल्लाको नार्पाभूमि गाउँपालिका १ नार गाउँस्थित नार आधारभूत विद्यालयमा युकेजी र प्ले ग्रुपमा अध्ययनरत छात्राहरूलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सोही विद्यालयका शिक्षक नासो गाउँपालिका(७ तिल्चे घर भएका ४३ वर्षीय अजय राम गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
साना छात्राहरूलाई ट्युसन पढाउने बहानामा दुर्व्यवहार गर्ने गरेको सूचना प्राप्त भएपछि प्रहरी चौकी मेहेताबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो।
घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















