images
images
  • मोटरसाइकल दुर्घटनामा जनस्वास्थ्य निरीक्षकको मृत्यु

    काठमाडौं । धनगढीमा बिहीबार साँझ एउटा मोटरसाइलले अर्कोलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

    धनगढी उपमहानगरपालिका-३ को लक्ष्मी नर्सरीनजिकै ​भएको दुर्घटनामा बाजुराको बढीमालिका नगरपालिका- ७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कवीन्द्र बोहराले जानकारी दिए। खत्री चुथीस्थित स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षक थिए।

    धनगढी ५ का २५ वर्षीय पुरन शाहले चलाएको सुपप्र ०१–०१२ प ७११ नम्बरको मोटरसाइलमा खत्री पछाडि सवार थिए। यो मोटरसाइकललाई डोटीको शिखर नगरपालिका- ११ का २५ वर्षीया शर्मिला थापाले चलाएको सुदूरपश्चिम प्रदेश ०१–२९४१६ नम्बरको मोटरसाइलले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

    टाउकोमा चोट लागेर गम्भीर घाइते भएका खत्रीको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा साँझ ६ बजेर ५५ मिनेटमा मृत्यु भएको डीएसपी बोहराले जानकारी दिए।

    पेट र मुखमा चोट लागेका मोटरसाइकल चालक पुरनको उपचार भइरहेको छ। अर्को मोटरसाइकल चालक थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images