काठमाडौं – संसारमा कहिँ पनि सत्तारुढ दल सडकमा आउने कुरा कल्पना सम्म पनि गरिन्न । तर, नेपालमा भने सरकारको नेतृत्व गरिरहेकै दलले सभाको नाम जे सुकै दिए पनि सडक तताएको छ ।
सार्वजनिक बिदा नभएको र मंसिर महिनाको एक मात्र बिबाह लगन भएको अघिल्लो दिन आयोजना गरिएको सडक आन्दोलनले सर्वसाधारणले पाउनुसम्म हैरानी पाए । एक पक्षले हैरानी पाएपनि कसै न कसैले त त्यसबाट लाभ पाउनु पर्ने आन्दोलनको सामान्य नियम हो ।

तर शुक्रवार पूर्वा राजाको दरबार अघि आयोजना गरिएको सभाले स्वयम आयोजक एमालेलाई पनि फाइदा भएन ।
सर्वसाधारणले बिर्सिसकेका यति ओम्नी देखि मनसपटलबाट हराउन थालेका गिरीबन्धु जग्गा प्रकरण र भर्खरै बाहिर आएको कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी ओलीको लगानी रहेको लगायतका काण्डहरुमा एमाले सहभागी छैन भन्ने कुरा भन्नकै लागि मात्र सभा आयोजना गरिएको थियो ।
सुरुमा १० लाख मान्छे उतार्ने भनेर भनिएको सभामा अन्तिममा १ लाख मान्छे सडकमा उतार्ने एमालेको योजना थियो । तर, शुक्रवार दरबारमार्गका सडकमा मुस्किलले ५ हजार मानिस पनि जम्मा हुन सकेनन् । जम्मा भएका ७० प्रतिशत मानिसहरु बदाम खानमै अलमलिएका थिए भने केही नेता कार्यकर्ताहरु दरबारमार्गका स्टोरहरुमा किनमेलमै व्यस्त भए ।

टाढाबाट गाडी रिजर्भ गरेर ल्याएका बाहेक काठमाडौका नेताकार्यकर्ताहरु नगन्य मात्रामा मात्रै उपस्थित भएको देखिन्थ्यो ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले कागले मान लग्यो भन्दैमा कागको पछि दौ८ने पार्टी नेकपा एमाले होइन भनेर रास्वपा र दुर्गा प्रसाईले फैलायका अफवाहको एमालेलालई वास्ता छैन भन्ने भाव प्रस्तुत गर्ने खोजे । तर, त्याहा नेताले जे सुकै भनेपनि उपस्थित कार्यकर्ताबाट तालीको गडगडाहत आएन । मञ्चकै सामुन्ने बसेका १०० जनाजति कार्यकर्ताले ताली बजाए पनि त्यसको आवाजले पछिल्लो लहरमा बसेका कार्यकर्ताहरुमा ऊर्जा भर्न सकेको थिएन ।
आधा भन्दा बढी सहभागीहरु सडकभन्दा बाहिरै बदाम खाएर बस्दा सडकमा भएका आधा सहभागीहरु कोही नाम चलेको नेता देख्ने बित्तीकै फोटो खिच्नमै ठिक्क थिए ।

यसरी हेर्दा ओलीले सडकबाट जवाफ दिन खोजेको यो सभा असफल भएको मन्नुपर्छ । कुनै जोस जाँगर बिनै जम्मा भएका मानिसहरु एमालेका कार्यकर्ता नभएर काठमाडौं घुम्ने रहरले आएका सर्वसाधारण हुन भन्ने कुरामा द्विधा रहेन ।
महासचिव शंकर पोखरेल अध्यक्ष ओलीले मात्रै सम्बोधन गरेको सभामा विभिन्न सास्कृतिक कार्यक्रम पनि राखिएका थिए । तर मञ्चमा भएका कुनै पनि गतिविधिले त्याहा जम्मा भएका मानिसहरुमा ऊर्जा भने भर्न नसकेको प्रस्टै देखिन्थ्यो ।

भोलिका दिनमा कुनै पनि राजनीतिक दल अझ भनौ सत्तामा भएको दलले सडकमा कार्यक्रम गर्दा १० पटक सोच्नुपर्ने देखिन्छ । आज बाटोमा हिड्ने धेरैको प्रश्न थियो – सरकारले यो आन्दोलन कसका लागि गरेको ? किन गरेको ? यसको आउटपुट के हो ? यो आन्दोलनपछि जनताले के कुराको सेवा सुविधा पाउँछन् ?
यी प्रश्नको उत्तर त एमालेसँग पनि छैन । उसले दुर्गा प्रसाईलाई जवाफ दिनको लागि सडकमा शक्ति प्रदर्शन गर्न खोजेको हो । सरकारको नेतृत्व गर्ने खलले सडकमा नभएर सत्ताबाटै जनताले महसुस गर्ने परिवर्तन ल्याएर अराजकताको जवाफ दिनुपर्छ । आफै सडक कब्जा गरेर अर्को अराजकता सिर्जना गर्नुहुँदैन ।

अन्तमा एमालेको सडक आन्दोलनका कारण लाखौ जनताले दुख पाएपनि कार्यक्रम स्थलमा बदाम र पानी बेच्ने केही सर्वसधारणले राम्रो आम्दानी गर्ने अवसर पाए । यो कार्यक्रमको फाइदा भनेकै त्यति हो । नत्र स्वयम एमालेलाई पनि यो कार्यक्रमले ठूलो क्षति पुर्याउने पक्का छ ।


विश्व खबर 



















