काठमाडौं – नेपालको हाइड्रोपवार सेक्टरमा धेरै सुनिने र चिनिने नाम हो गुरु न्यौपाने । नेपालको हाइड्रोपवारको विकासमा निजी क्षेत्र प्रवेश गरेदेखि नै जलविद्युत उत्पादनमा सक्रिए न्यौपाने कुनै न कुनै रुपमा राष्ट्रिय चर्चामा आइरहेका व्यक्ति हुन् ।
उनै न्यौपानेको कम्पनी अपि पावरको सतप्रतिशत लगानी रहेको सहायक कम्पनी अपि इन्फ्रा लिमिटेडले काठमाडौं उपत्यकाको भीआईपी बसोबास क्षेत्र मानिने झम्सिखेलमा अत्याधुनिक शैलीको अपार्टमेन्टको शिलान्यास गरेका छन् ।
अपिले एक अर्ब २० करोड रुपैयाँ लागतमा ३ रोपनी जग्गामा १० तले अपार्टमेन्ट बनाउन लागेको हो । परियोजनामा एक बिएचके, दुई बिएचके र तीन बिएचकेका गरी कुल ४३ युनिट अपार्टमेन्ट रहने कम्पनीले जनाएको छ । जहाँ क्षेत्रफल अनुसार २ देखि ४ करोड रुपैयाँसम्मका अपार्टमेन्टहरु रहनेछन् ।
अपार्टमेन्टमा दुई तलासम्म पार्किङ रहने कम्पनीले जनाएको छ । लोकेशनका हिसाबले उत्कृष्ट रहेको अपार्टमेन्ट धेरैको आकर्षणको केन्द्र बन्ने कम्पनीको दाबी छ ।
कम्पनीकी कार्यकारी निर्देशक सिर्जना खड्काका अनुसार अपार्टमेन्ट निर्माण २ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ। “झम्सिखेल जस्तो क्षेत्रमै यस्तो सुविधा सम्पन्न अपार्टमेन्ट पाउनु दुर्लभ अवसर रहेको उनको दाबी छ ।
के के छन् विशेषता ?
यो अपार्टमेन्ट अत्याधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको छ । यहाँ उपलब्ध प्रमुख सुविधाहरूमा साउण्ड प्रुफ वाल र प्रिमियम लेमिनेटेड फ्लोर, कोहलर ब्रान्डका उच्च गुणस्तरीय सेनेटरीवेयर, मोशन सेन्सर, स्मार्ट स्विच र २४ सै घण्टा पावर ब्याकअप, प्राकृतिक प्रकाशका लागि उत्कृष्ट डिजाइन लगायतका अपार्टमेन्टका फरक विशेष्ता हुन् ।
कति छ अपार्टमेन्टको क्षेत्रफल ?
१ बीएचके युनिट
युनिट एफ: १०००.७ वर्ग फिट (दक्षिण, पश्चिममुखी)।
२ बीएचके युनिटहरू
युनिट ए: १३०७.७१ वर्ग फिट (उत्तर, पश्चिम, पूर्वमुखी)।
युनिट बी: १२८१.१० वर्ग फिट (दक्षिण, पश्चिममुखी)।
युनिट डी: १३६०.३६ वर्ग फिट (दक्षिण, पश्चिममुखी)।
युनिट जी: १३१९.८१ वर्ग फिट (दक्षिण, पूर्वमुखी)।
युनिट एच: १३४०.४३ वर्ग फिट (पूर्वमुखी)।
३ बीएचके युनिटहरू
युनिट सी: १७६९.१८ वर्ग फिट (पूर्वमुखी)।
युनिट ई: १४०४.७६ वर्ग फिट (दक्षिण, पूर्वमुखी)।
प्रतिक्रिया दिनुहोस्