काठमाडाै – राष्ट्र संघीय एजेन्सीले मध्यपूर्वको तनाव मानवीय संवेदना समेतको बर्खिलाप देखिने गरी अतिहिंसात्मक बनेको प्रतिक्रिया दिएका छन् । राष्ट्र संघको एजेन्सी (उन्वा) ले प्यालेस्टिनी शरणार्थीहरुका लागि खाद्यान्न बोकेर गाजातर्फ हिँडेका १०९ वटा राष्ट्र संघीय सहायता लरीहरु हिंसात्मक रुपमा लुटिएपछि यस्तो प्रतिक्रिया आएको हो ।
इजरायल नियन्त्रित केरेम शालोम क्रसिङबाट दक्षिणी गाजातर्फ लागेका लरीहरुमध्ये ९७ वटा एकाएक हराएका थिए । तिनका चालकलाई बन्दुकको नोकमा सहायता समाग्री लरीबाट उतार्न लगाइएको र जसलाई सबैभन्दा खराब घटनाहरुमध्ये ठानिएको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरको छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार मुखौटा लगाएका व्यक्तिहरुको समूहले ग्रिनेड नै प्रहार गरेर डर देखाएका थिए । उन्वा प्रमुख फिलिप लाजारिनीले लुटेराको पहिचान गर्न नसकिएको भनी प्रतिक्रिया दिएका छन् । तर, उनले ‘गाजामा नागरिक व्यस्थाको पूर्ण विघटन’ भएको भनी अथ्र्याएका छन् ।
उन्वाका अनुसार यस्तो अवस्थामा २० लाख मानिस थप खाद्यान्न संकटमा पर्ने छन् । राष्ट्र संघ समर्थित एक मूल्याङ्कनले उत्तरी गाजापट्टी भित्रका क्षेत्रहरुमा भोकमरी हुनसक्ने भन्दै यसअघि नै चेतावनी दिएको थियो ।
यजरायली सेनाले उत्तरी ठूलो भूभागमा आक्रमण सुरु गरेसँगै मानवीय सहायता बोकेका लरीहरु प्रवेश गर्न मुस्किल भएको राष्ट्र संघीय एजेन्सीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्