images
images
  • कीर्तिपुरको मेयरमा जसपा नेपालले उठायो तेस्रोलिंगी महिला उम्मेदवार, यस्ता छन् एजेन्डा

    काठमाडौं – मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि जसपा नेपालले तेस्रो लिङ्गी महिला उम्मेदवार उठाएको छ ।

    कीर्तिपुरको मेयर वडा अध्यक्ष दुवै पदमा जसपाले तेस्रो लिङ्गी महिला उम्मेदवार उठाएको हो ।

    मेयरमा दीपक महर्जन (हनी) वडा नम्बर ४ को अध्यक्षमा राजीव महर्जन (मौनी) ले उम्मेदवारी दर्ता गराएका छन् ।

    दुबै उम्मेदवारले आइतबार कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गराएका छन् ।

    उनीहरुले ‘मायाको पहिचान नेपाल’को कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका थिए ।

    मेयरकी उम्मेदवार हनी महर्जनले सफा, स्वच्छ र सुन्दर कीर्तिपुरलाई भ्रष्टाचारमुक्त नगर बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

    उद्यमी बन्न प्रोत्साहन पुग्ने कार्यक्रम सञ्चालन गर्ने, पदमार्गहरूको पहिचान गर्ने र पर्यटकहरूका लागि घुम्नैपर्ने शहरका रूपमा कीर्तिपुरको विकास गर्ने पनि उनले योजना सुनाइन् ।

    कीर्तिपुरमा अहिले सबै राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरुले धमाधम उम्मेदवारी दर्ता गराइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images