images
images
  • भैरहवा विमानस्थलमा फ्लाइ दुबइको जहाज पहिलोपटक अवतरण, चार कम्पनीको नियमित उडान पक्का

    काठमाडौं – भैरहवास्थित गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार फ्लाइ दुबइको जहाज पहिलोपटक अवतरण अवतरण गरेको छ ।

    शनिबार दिउँसो जजिरा एयरको विमान अवतरण गरेको भैरहवामा दिउँसो फ्लाइ दुबइको जहाज पनि अवतरण भएको हो ।

    दुबईबाट आएको यो जहाज दिउँसो साढे २ बजे भैरहवामा अवतरण गरेको थियो । यस उडानबाट आएका १० यात्रु भैरहवामा ओर्लिएका थिए भने बाँकी १४९ जना यात्रु काठमाडौंमा ओर्लिएका थिए ।

    भैरहवाबाट शनिबार राति नै नेपाल वायु सेवा निगमले पनि उडान गरेको छ ।

    गौतमवुद्ध विमानस्थलबाट यो हप्ता आइतबार, बुधबार, शुक्रबार र शनिबार २/२ र सोमबार, मंगलबार र बिहीबार ३/३ वटा अन्तर्राष्ट्रिय उडान हुने विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

    विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि भैरहवाबाट नेपाली ध्वजाबाहकसहित ४ वटा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले उडान सुरु गरेका छन् ।

    भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नेमा थाइ एयर एसिया, जरिजरा र फ्लाइ दुबइ विदेशी वायु सेवा कम्पनी रहेका छन् भने नेपाल एयरलाइन्स स्वदेशी वायु सेवा कम्पनी रहेको छ ।

    त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुन थालेपछि विदेशी वायु सेवा कम्पनीहरुले बाध्य भएर भैरहवाबाट उडान सुरु गरेका हुन् ।

    भोलिका दिनमा गुणस्तरीय व्यववस्थापनसहित विमानस्थलको सञ्चालन गर्न सकेमा उक्त एयरलाइन्सले भैरहवाबाट नियमित उडान गर्ने विश्वास लिइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images