images
images
  • तिहार सकिएलगत्तै उपत्यकामा छठको रौनक सुरु ,पाँच सय ६७ वटा छठ घाट निर्माण

    काठमाडौँ तिहार सकिएलगत्तै अहिले काठमाडौँ उपत्यकामा छठको रौनक सुरु भएको छ छठका लागि अहिले काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा छठका लागि टेण्ट राख्ने कार्य करिब करिब अन्तिम चरणमा पुगेको छ

    छठ पूजाका लागि काठमाडौँका नदी किनार झिलिमिल बत्तीसहित सिङ्गारिएका छन् पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठघाट निर्माण थालिएको छ गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठघाट अर्थात् पूजास्थल निर्माण भएको छ  

    यस क्षेत्रमा पाँच सय ६७ वटा छठघाट अर्थात् पूजा स्टल निर्माण सुरु गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य चन्द्रकान्त झाले जानकारी दिए

    उनले भने, “हामीले पाँच सय ६७ वटा छठ घाट अर्थात् पूजा स्टल निर्माण गरेका छौँ, आज बिहान ९ बजेसम्म पाँच सय ५० वटा स्टल बुक भइसकेका छन्

    चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाय अरबा अरबाईन भोजन गर्ने गर्दछन् दोस्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्दछन्

    त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन गरिन्छ

    पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा हुने छठका लागि पशुपति क्षेत्र विकास कोषले रु तीन लाख दिने जानकारी गराएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका कोषाध्यक्ष धीरेन्द्रकुमार गुप्ताले बताए  

    उनले भने, “पशुपति क्षेत्र विकास कोषले रु तीन लाख दिने आश्वासन दिएको छ, छठ सकिएपछि उहाँहरुले उक्त रकम दिनु हुन्छ

    यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको छठ पूजा समाजले जनाएको छ उनले कमलपोखरीमा २६० वटा बस्ने टेन्ट बनाएको समितिले जनाएको छ

    छठका लागि काठमाडौँका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा रहेका नदीहरुलाई सफाइ बनाइएको छ

    छठपर्वमा श्रद्धालु भगवान श्री सूर्यनारायणको पूजा गर्ने गर्छन् काठमाडौँ उपत्यका बाहिर रहेका विभिन्न जिल्लाका पोखरीमासमेत छठपर्वलाई लिएर सरसफाइका साथै सजाउने कार्य भइरहेको छ । रासस 

    प्रतिक्रिया दिनुहोस्
    images
    images