images
images
  • रविको बयान सकियो, सहकारी ठगीमा संलग्नता अस्वीकार

    लेखनाथ। गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेको बयान सकिएको छ ।

    गोरखा मिडियामा पोखराको सूर्यदर्शन बचत तथा सहकारीको रकम नियमविपरीत लागि ठगी गरेको अभियोगमा पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो ।

    कात्तिक २ गते पक्राउ गरी ३ गते बिहान पोखरा ल्याइएपछि उहाँलाई जिल्ला सहकारी वकिलको कार्यालयमा लागि बयान लिने क्रम सुरु भएकोमा बुधबार बयान लिइसकिएको हो । लामिछानेको बयान बुधबार अबेर जिल्ला न्यायाधीवक्ता कमला काफ्ले र यो प्रकरणका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले प्रमाणित गरेका छन् ।

    कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले लामिछानेको बयान लिने क्रम सकिएको जानकारी दिनुभयो । “बयान लिने क्रम बुधबार सकियो । अब केही प्रुफ मिलाउने काम बाँकी छ,” ओलियाले भन्नुभयो, “अबको म्याद थप्ने बेलासम्म यो सबै सक्नैपर्छ नि ।”

    रास्वपा सभापतिसमेत रहनु भएका लामिछानेलाई पहिलो पटक पाँच दिन र दोस्रो पटक सात दिन म्याद थप भएकोमा बुधबार थपिएको म्याद सकिएको छ । बिहीबारबाट तिहार बिदा सुरु भएकाले उहाँलाई तिहार बिदा सकिएपछि कात्तिक २० गते अदालत उपस्थित गराइने भएके छ ।

    पोखराको सूर्यदर्शन सहकारीमा एक अर्ब ३५ करोड अपचलन भएकोमा साढे पाँच करोड गोरखा मिडियामा गएको देखिएको छ भने एक करोड लामिछानेकै नाममा सहकारीबाट जम्मा भएको देखिएको छ ।

    आफ्नो बयानमा लामिछानेले सहकारी ठगीमा संलग्नता अस्वीकार गर्नुभएको छ । गोरखा मिडियामा रकम व्यस्थापन र परिचालन आफूले गर्ने नगरेको उल्लेख गर्दै उनले सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, सेयर सदस्य कतै नभएकाले ऋण लिने कुरै नहुने बयान दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images