images
images
images
  • कच्चा तेलको मूल्यमा एकै दिन साढे ५ प्रतिशतको गिरावट, किन उथलपुथल हुँदैछ तेल बजार ?

    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएको छ ।

    सोमबार अन्तर्राष्ट्रिय बजारमा सबैजसो कच्चा तेलको भाउ कम्तीमा ५ प्रतिशत वा सोभन्दा बढीले घटेको छ ।

    डब्लूटीआई कच्चा तेलको भाउ सबैभन्दा धेरै  प्रतिब्यारेल ५.८ प्रतिशतले घटेर ६७.६० अमेरिकी डलरमा झर्दा ब्रेन्ट कच्चा तेलको भाउ ५.५ प्रतिशतले घटेर ७१.८ डलर र मुर्बान तेल ५.६ प्रतिशतले घटेर ७०.७ अमेरिकी डलरमा झरेको अन्तर्राष्ट्रिय समाचार माध्यामले जनाएका छन् ।

    एकैदिन कच्चा तेलको मूल्यमा भारी गिरावट आउनुको प्रमुख कारण भने मध्यपूर्वी एसियाको तनाव कम हुनु रहेको रोयटर्सले उल्लेख गरेको छ । इरानविरुद्ध इजरायलको हमला तत्काललाई असफल भएसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट देखिएको जनाइएको छ ।

    हाललाई इरान र इजरायलको द्वन्द्व रोकिने र इरानमा रहेका तेल उत्पादन तथा प्रशोधनका पूर्वाधारसमेत सबै सुरक्षित भएकाले तेलको आपूर्ति थप बलियो हुने बताइएको छ । अतिरिक्त आपूर्ति र कमजोर मागका कारण तेलको मूल्य थप घट्ने अनुमान गरिएको छ ।

    केही दिन अघिमा अन्तर्राष्ट्रिय वित्त निगमले तेलको भाउ प्रतिब्यारेल ६० डलरभन्दा तल आउनसक्ने अनुमान सार्वजनिक गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images