
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा ५० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ ।
पीडित महिलाले १ कात्तिकमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरीको आधारमा उनका ६० वर्षीया श्रीमान पक्राउ परेका छन् ।
असोज ३० गते मनहरी गाउँपालिका–५, स्थित आफ्नै घरमा महिलामाथि उनका श्रीमान र दुई किशोरले सामूहिक बलात्कार गरेको उजुरी परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
पीडित महिलाले ३० असोज रातको समयमा ६० वर्षीय श्रीमान र अन्दाजी १९, २० वर्षका दुई युवाले आफूमाथि सामूहिक बलात्कार गरेको उजुरीमा बताएको प्रहरीले जनाएको छ ।
पीडित महिलाका श्रीमानलाई प्रहरीले कात्तिक १ गते नै पक्राउ गरे पनि आरोपित दुई युवा भने फरार रहेका छन् ।
पीडित महिलालाई हेटौंडास्थित महिला सेफ हाउसमा राखिएको छ । उनले ३ वर्षअघि मात्रै अहिलेका श्रीमानसँग दोस्रो विवाह गरेकी थिइन् ।
महिलाले प्रहरीमा दिएको बयान अनुसार पीडित महिलाले ती किशोरहरुलाई पहिले कहिलेइ पनि नदेखेको र नचिनेको बताएकि छन् ।
प्रतिक्रिया दिनुहोस्