images
images
  • डिजिटलाइज्ड सिस्टममा अपग्रेड गरिएको मनकामना केबलकारको तार फेरिँदै, कात्तिक २ बाट चलाइने

    काठमाडौं । डिजिटलाइज्ड सिस्टममा अपग्रेड गरिएको मनकामना केबलकार असोज २९ गतेदेखि तीन दिनसम्म बन्द हुने भएको छ ।

    मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।

    दशैंको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द थियो । आज द्वादशीको एक दिन भने केबलकार चलाइएको छ ।

    दशैंको टीका लगाउन गएकाहरुलाई आउ–जाउ गर्न सहज होस् भनेर आज एक दिन खुला गरिएको र भोलिदेखि तीन दिन बन्द गर्न लागिएको प्रा.लि.ले जनाएको छ ।

    मनकामना केबलकारको सेवालाई हालैमात्र डिजिटलाइज्ड सिस्टममा स्तरोन्नती गरिएको छ ।

    त्यसका लागि नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम बाँकी छन् । ती काम असोज २९ र ३० गते काम सकिने अनुमान छ । १ गते विश्राम गरेर कात्तिक २ गतेदेखि सेवा सुरु गरिने मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।

    मनकामना केबलकार मर्मत सम्भारका लागि अष्ट्रियाबाट प्राविधिकहरु झिकाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images