images
images
  • दसैंको टिकाको अघिल्लो दिन सञ्चालनमा आयो बीपी राजमार्ग, बाढी पहिरो गएको दुई हप्तापछि एकतर्फी सञ्चालन

    सांकेतिक तस्वीर

    काठमाडौं । असोज ११ र १२ गतेको बाढी पहिरोले बगाएको बीपी राजमार्ग दुई हप्तापछि सञ्चालनमा आएको छ ।

    बाढी पहिरोले पूर्णरुपमा अवरुद्ध भएको बीपी राजमार्ग नेपाली सेनास, नेपाल प्रहरी, सशत्र प्रहरी, सडक विभाग र स्थानीय पालिकाका प्रतिनिधिहरुको निरन्तरको प्रयासले शुक्रवारबाट राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

    बीपी राजमार्ग खुलाउन रोशी गाउँपालिका- ९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बनाइएको छ । त्यहि डाइभर्सन प्रयोग गरी बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिएका छन् । उनका अनुसार राजमार्ग कतै एकतर्फी र कतै दुईतर्फी नै राजमार्ग खुलेको छ।

    दुई हप्ता अघिको बाढीपहिरोले राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्म क्षति पुर्याएपछि बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध थियो । 

    धेरैजसो ठाउँमा खोला फर्काएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै सडक प्रयोग गरिएको छ । दशैंको टीकाको अघिल्लो दिन सडक खुलेपछि आउजाउ गर्नेहरुलाई सुविधा हुने विश्वास छ ।

    रोशी खोलाको बाढीले चौकीडाँडादेखि काभ्रेको सिमानासम्मको २१ किलोमिटर सडक खण्डको १४ वटा स्थानमा ८ किलोमिटर सडक पूर्णरुपमा क्षति गराएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images