८ असोज, काठमाडौं । दशैंको अवसर पारेर ट्राभल कम्पनीहरुले सस्ता अफर सार्वजनिक गर्न थालेका छन् । अफर अन्तर्गत भक्तपुर टुर्सले मिडियाकर्मीका लागि ६ हजार ९९९ रुपैयाँमा मुस्ताङ टुर प्याकेज घोषणा गरेको छ ।
कम्पनीका अनुसार मिडियाकर्मी आफै वा आफ्नो परिवारका सदस्य वा आफूले सिफारिस गरेका व्यक्तिलाई प्रतिव्यक्ति ६ हजार ९९९ रुपैयाँमा मुस्ताङ घुम्ने अवसर प्रदान गरिने छ ।
उक्त अफरमा बागलुङको कालिका मन्दिर दर्शन, गलेश्वर धाम दर्शन, कुश्मा झुलङगे पुल,बिन्दाबासिनी मन्दिर दर्शन,फेवा ताल, पुम्दिकोट शिव मन्दिर दर्शन, रुप्से झरना, मार्फा गाउँ,जोमसोम बजार, ढुम्बा ताल, कागबेनी र मुक्तिनाथ दर्शन गराइने कम्पनीले जनाएको छ ।
यो अफर अन्तर्गत कम्पनीले ३ रातको होटल खर्च, ३ दिनको खाना र नास्ताको व्यवस्था गरेको छ । यो अफर बसबाट जानेहरुका लागि हो ।
विद्युतीय भ्यानबाट जान चाहनेहरुका लागि प्रतिव्यक्ति ९ हजार ५०० र स्कार्पियोबाट जान चाहनेहरुका लागि प्रतिव्यक्ति १० हजार ९९९ रुपैयाँ शुल्क अफर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्