images
images
  • कसरी फैलियो ग्रीसको एथेन्स सहरमा डढेलो, अझै आएन नियन्त्रणमा

    एथेन्स। ग्रीसको एथेन्स सहरमा फैलिएको भीषण जंगलमा लागेको डढेलोमा परी एक जनाको मृत्यु भएको छ ।

    उत्तरी एथेन्सको भ्रिलिसिया सहरको एउटा पसलमा एक महिलाको भएको विश्वास गरिएको उक्त शव अग्नि सेवाका स्रोतले बीबीसीलाई बताएका छन् ।

    अग्निनियन्त्रकहरूले घर, व्यवसाय र विद्यालयहरू खतरामा परेको चेतावनी दिए पछि हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ र मंगलबारसम्म पनि आगलागी जारी रहन सक्ने पूर्व सूचना जारी गरिएको छ ।

    फायर सर्भिसका प्रवक्ता कर्नल भासिलियोस वाथ्राकोगियानिसले भने, ‘एथेन्सका केही भागहरू समेटिएको उत्तर पूर्वी एटिका क्षेत्रमा अझै पनि धेरै सक्रिय आगोहरू छन्, प्रायः म्याराथन र पेन्टेली शहरहरू वरपर ।’

    एक विज्ञप्तिमा कर्नल वाथ्राकोगियानिसले भने, ‘नयाँ आगलागीका लागि अवस्था मंगलबार मात्र होइन, अर्को हप्ताको लागि पनि खतरनाक रहेको छ ।’ सुरक्षित रहन ग्रिसको सरकारले स्थानीयसँग अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images