images
images
  • अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना, को-को सवार थिए

    काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित केन्स शहरमा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । सोमबार बिहान केन्स शहरको एक होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको हो ।

    हेलिकप्टरमा पाइलटमात्र सवार थिए र उनलाई घटनास्थलमै मृत घोषणा गरिएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ । हेलिकप्टर दुर्घटना भएपछि होटलमा आगलागी भएको र करिब ४०० जना पाहुनालाई होटल बाहिर निकालिएको थियो ।

    प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images