images
images
  • वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत

    मकवानपुर- वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । आज बसेको बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।

    मन्त्रिपरिषद्को पूर्ण बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नीति तथा कार्यक्रम आजै दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गरिनेछ ।

    प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नेछन् । उनले कृषि पर्यटन तथा शिक्षा र रोजगारी क्षेत्रलाई विशेष प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारिएको बताए ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images