images
images
  • अस्पतालमा आगलागी हुँदा ७ नवजात शिशुको मृत्यु

    नयाँ दिल्ली- पूर्वी दिल्लीको विवेक विहार क्षेत्रको बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ७ नवजात शिशुको मृत्यु भएको छ । दिल्ली अग्नि विभागका अनुसार अस्पतालमा आगलागी भएको जानकारी राति ११ः ३२ बजेतिर फोनमार्फत प्राप्त भएको थियो ।

    अधिकारीहरूका अनुसार अस्पतालबाट १२ बालबालिकालाई उद्धार गरिएको थियो ।  जसमध्ये ६ जनाको मृत्यु भएको छ भने ५ जनालाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । उद्धार गरिएका मध्ये एक शिशुको आगलागी हुनुअघि नै मृत्यु भएको थियो ।

    अन्य ५ जना बालबालिकालाई भेन्टिलेटरमा राखिएको छ । आगलागीको कारण खुल्न नसकेको दमकल अधिकारीहरूले जानकारी दिएका छन् ।

    आगलागी अस्पताल नजिकैको भवनमा पनि भएको थियो । ‘हामी यहाँ पुग्नुअघि नै यहाँबाट केही मानिसलाई निकालिसकेको थियो । हामीले जम्मा १२ जनालाई उद्धार गरेका थियौँ, उद्धार गरिएका मध्ये एक शिशुको आगलागी हुनुअघि नै मृत्यु भएको थियो ।’दमकल अधिकृत राजेश अटवालले भने ।

    Screenshot 2024 05 26 114343

    प्रतिक्रिया दिनुहोस्

    images
    images