images
images
  • सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्न लागेपछि भारतले भन्यो- नेपालले एकतर्फी निर्णय गर्‍यो

    सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन्।

    शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन्। ‘हामी स्पष्ट छौं। नेपालसँगको सीमा समस्या समाधानका लागि स्थापित मञ्चमार्फत छलफल भइरहेको छ। दुई देशबीचको सीमा समस्या समाधानबारे छलफल चलिरहँदा बीचमा उनीहरूले एकतर्फी निर्णय गरे,’ जयशंकरको भनाई उद्धृत गर्दै द इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ।

    बिहीबार बसेको मन्त्रिपरिषदले एक सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images