images
images
  • ईलाममा करेन्ट लागेर एक जनाको मृत्यु


    ईलाम । ईलाममा बिजुलीको लाईन मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

    ईलाम नगरपालिका-७ ताराकुटीडाँडा फुलगाछी बस्ने ५० वर्षीय वीर बहादुर लिम्बुको शुक्रबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

    बिजुलीको पोलमा भर्‍याङ लगाई चढी बिजुलीको लाईन मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईलाममा उपचारको क्रममा मृत्यु भएको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images