images
images
  • गण्डकीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान


    काठमाडौँ । गण्डकी प्रदेशकी प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि बहुमतको आधार प्रस्तुत गर्न सांसदहरुलाई आह्वान गरेकी छन् ।

    मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले प्रदेश संसद्‌मा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि आह्वान गरेकी हुन्।

    यसका लागि उनले जेठ २९ गते सम्मको समय दिएकी छन् । ​मुख्यमन्त्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

    विपक्षी गठबन्धनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै बहुमत रहेको दावी गर्ने तयारी गरेका छन्
    । प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ ।

    नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ ।

    gandaki government bigyepti

    प्रतिक्रिया दिनुहोस्
    images
    images