images
images
  • कांग्रेस नेतामा मैले पाइनँ भन्ने सोच पलाएको छ – धनराज गुरुङ

    काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले काँग्रेसभित्र राजनीति पाउनका लागि गरेको हो भन्ने भाष्य सिर्जना भएको बताएका छन्।

    शुक्रवार पार्टी स्थापनाको ७८ औँ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कांग्रेसभित्र अहिले मैले के पाएँ भन्ने भाष्य तयार भएको बताए।

    उनले काँग्रेसमा विगतमा गरिएको निःस्वार्थ राजनीतिबारे अहिले बुझाउन जरुरी रहेको बताए। उनले कांग्रेसको गौरवमय इतिहासलाई गौरवको स्थानमा राख्नुपर्ने बताए। उनले विगतका गौरवलाई स्मरण गर्ने मात्र नभइ गौरवमय इतिहास कोर्नेतर्फ पनि अग्रसर हुन जरुरी रहेको बताए।

    ‘आज मैले पाइनँ, मैले पाइनँ, मैले के पाएँ भन्ने धेरै भाष्य तयार भएको छ कांग्रेसभित्र तर हिजो के पाउनका लागि होइन, केही दिनका लागि हामी लडिरहेका थियौँ। हाम्रा अग्रज केका लागि लडिरहेका थिए?‚’ उनले भने‚ ‘यो कुरा स्मरण गर्न आवश्यक छ। गौरवमय इतिहासलाई गौरवका लागि गौरवको स्थानमा राख्दै वर्तमानमा त्यो गौरवलाई स्मरण गर्ने मात्रै होइन त्यस्तै गौरवमय इतिहास बनाउनेतर्फ हामी लाग्नुपर्छ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images