images
images
  • सुदूरपश्चिममा मुख्यमन्त्री र मन्त्रीले बुझ्छन् मासिक ५ लाख ६९ हजार रुपैयाँ

    धनगढी – सुदुरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीको पारिश्रमिकमा मात्र मासिक ५ लाख ६९ हजार रुपैयाँ खर्च गर्दै आएको छ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा ९ सदस्यीय मन्त्रिपरिषद छ, जसमा ६ मन्त्री र दुई राज्यमन्त्री छन् ।

    सुदूरपश्चिममा मुख्यमन्त्रीको ७१ हजार रुपैयाँ, ६ मन्त्रीलाई जनही ६३ हजार रुपैयाँका दरले ३ लाख ७८ हजार र दुई राज्यमन्त्रीलाई जनही ६० हजार रुपैयाँका दरले एक लाख २० हजार रुपैयाँ मासिक पारिश्रमिक उपलब्ध गराइँदै आएको छ ।

    मुलुक संघीय संरचनामा गएलगत्तै संघीयता विरोधीहरुले प्रदेश संरचनाको विरोध गर्न थालेका थिए र प्रदेश संरचना खर्चिलो भएको उनीहरुको तर्क छ । स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याए प्रदेश संरचना नै नचाहिने तर्क अहिले पनि बेलाबखत सुन्ने गरिन्छ ।

    आलोचनाको निशाना बनिरहँदासमेत केही प्रदेशले मुख्यमन्त्री, मन्त्रीहरुको पारिश्रमिक र सुविधामा निसंकोच फट्को मारिरहेका छन् भने केही प्रदेशले यस्ता विषयमा ध्यान पुर्‍याएको पनि देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images