२ असार २०७८, बुधबार   |  June 16, 2021
advertisement of bishwo khabr
Tika Gurung

मोरङबाट पेस्तोल र लागुऔषधसहित ३ जना पक्राउ

मोरङबाट पेस्तोल र लागुऔषधसहित ३ जना पक्राउ


मोरङ । मोरङको बेलबारी नगरपालिका र सुनवर्षी गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–९ घर भएका चेवन कुमार धमला, खेम भट्टराई उर्फ विशाल र सुनवर्षी–८ घर भएका ६० वर्षीय अब्बास मियाँ छन् ।

बिहिबार बेलबारी–१० स्थित भाउन्ने जंगलमा धमला र भट्टराई सवार प्रदेश–१–०२–०४१ प ८८८७ नम्बरको मोटरसाइकलले ३ जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर मोटरसाइकलमा सवार दुईजना पनि घाइते भए ।

नोवेल सामुदायिक अस्पतालमा उपचारका क्रममा प्रहरीले चेकजाँच गर्दा धमला र भट्टराईको साथमा ८ सय ९२ वटा नाइट्रोजन चक्की र १३ दशमलव ८६० ग्राम चरेस फेला परेको थियो । सो सामग्री अब्बास मियाँबाट खरिद गरेको बयानका आधारमा प्रहरीले मियाँलाई घरबाट पक्राउ गरेको हो ।

मियाँको घरबाट प्रहरीले १ थान कटुवा पेस्तोल, नाइट्रोभेट चक्की ६ सय ट्याब्लेट र दुई बोतल लाइलेक्स डिसी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n