images
images
  • १७ दिनदेखि सुरुङमा फसेका ४१ जना कामदारको सकुशल उद्धार

    नयाँ दिल्ली। भारतको उत्तरकाशी सुरुङमा फसेका ४१ जना कामदारको १७ दिनपछि सकुशल उद्धार गरिएको छ। उत्तराखण्ड सरकारले सुरुङमा फसेका ४१ जना कामदारलाई सकुशल बाहिर निकालेको जनाएको छ ।

    हाल सबै कर्मचारीको स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ । १७ दिनपछि देशका विभिन्न ठाउँमा बस्ने मजदुरका परिवारले राहतको सास फेरिरहेका छन्। विभिन्न समाचार च्यानलमा आइरहेका तस्विरमा मजदुरका परिवारले खुसी मनाउँदै गरेको देख्न सकिन्छ ।

    मजदुरहरु बाहिर निस्कनेबित्तिकै सुरुङबाहिर उत्सवको माहोल देखिएको थियो। सुरुङमा फसेका ४१ जना मजदुरको सकुशल उद्दारका लागि १६ दिनअघिदेखि उद्धार कार्य सुरु भएको थियो । यस प्रक्रियामा संलग्न उद्धारकर्मीहरूले पटक पटक धेरै समस्याको सामना गर्नुपरेको थियो।

    नोभेम्बर १२ मा सुरुङको एक भाग भत्किँदा ४१ जना कामदार भित्र फसेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images