images
images
  • हमासले रिहा गर्‍यो थप १७ जना बन्धक, विपिनको अवस्था के छ ?

    गाजा- हमासले बन्दी बनाएका थप १७ जना रिहा भएका छन्। रिहा हुनेमा १३ इजरायली र ४ थाईल्याण्डका नागरिक रहेका छन्। बदलामा इजरायलले ३९ प्यालेस्टाइनी नागरिकलाई कैदमुक्त गरेको छ।

    इसराइली डिफेन्स फोर्सले एक विज्ञप्ति जारी गर्दै हमासले १७ बन्धक रिहा गरेको पुष्टि गरेको छ। उनीहरूलाई रेडक्रसले इसराइल पुर्‍याइ अस्पताल लगेको छ। युद्धविरामको पहिलो दिन हमासले २४ बन्धक र इसराइलले ३९ प्यालेस्टिनियन कैदीबन्दी रिहा गरेको थियो।

    हमासले दोस्रो दिन १३ इजरायली र ४ जना थाई नागरिकलाई रिहा गर्दा पनि नेपालका विपिन जोशी भने अझै रिहा भएका छैनन्। नेपालले उनलाई छुटाउन पहल गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images