images
images
  • गाजा क्षेत्रमा मानवीय संकट, अस्पतालसमेत बन्द हुने अवस्थामा

    गाजा- इजरायली आक्रमणले प्यालेस्टाइनको गाजा क्षेत्रमा चरम मानवीय संकट उत्पन्न भएको छ। इन्धन अभावले उत्तरी गाजाका अस्पताल बन्द हुने अवस्थामा पुगेका छन्। एक साता लामो हवाई हमलापछि इजरायली सेनाले थालेको स्थल आक्रमणले गाजामा झनै संकट बढाएको छ। इजरायली सेनाको उर्दी अनुसार उत्तरी गाजाका ११ लाख जनतामध्ये ४ लाखभन्दा बढी पछिल्लो ४८ घण्टामा आफ्नो थातथलो छाडेर पलायन भएका छन् ।

    उनीहरु तुलनात्मक रुपले सुरक्षित मानिएको दक्षिणी क्षेत्रतर्फ लागेको बताइएको छ। इजरायली आक्रमणमा घाइते भएकाहरुले अस्पताल भरिदा उपचार गर्न कठिन भएको छ। शव व्यवस्थापन गर्न स्थान अभाव भएका कारण चिसो सामान ढुवानी गर्ने सवारी साधनमा शव राख्न थालिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images