images
images
  • साथीको हत्या गरेको अभियोगमा ३९ वर्षीय युबक पक्राउ


    कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका- २ मोतिपुरबाट एक जना पक्राउ परेका छन् । आफ्नै साथीको हत्या गरेको अभियोगमा कैलारी गाउँपालिका-४ के गाउँ घर ठेगाना बताउने ३९ वर्षीय सोम बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

    मोतीपुरमा डेरा गरी ज्याला मजदुरीको काम गरी बस्ने धनगढीका ३६ वर्षीय विशाल बुढाथोकीको उनले हत्या गरेको प्रहरीको भनाइ छ ।

    टाउकोको पछाडी घाउ चोट रही विशाल मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा सोम बहादुर पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले कैलारी गाउँपालिकाको बीरेन्द्र सामुदायिक बनमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

    घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूबीच आइतबार बेलुका घरेलु मदिरा सेवन गरी बादबिबाद हुँदा सोम बहादुरले फलामको कर्नीले टाउकोमा हिर्काउँदा विशालको मृत्यु भएको खुल्न आएको छ ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images