images
images
  • पाँचथरमा पिकअप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु


    पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् ।

    थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप हिलिहाङ–६ टाहारी नजिकै अनियन्त्रित भई आज बिहान पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images