images
images
  • धादिङको घाटबेँसीमा बस ठोक्किदा ९ जना घाइते

    काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका– ५ घाटबेँसीमा यात्रुबस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

    चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ना.८ख ८६९६ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

    बसमा सवार २९ जनामध्ये नौजना घाइतेहरूलाई उपचारका लागि गजुरी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको एसपी मिश्रले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images