images
images
  • यी हुन् भदौ १० गते आईतवार काठमाडौंमा हुने केही कार्यक्रमहरु

    संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

    संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ ।

    आजको राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण, मन्त्रीपरिषद्को गठन र मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराइने, राष्ट्रिय सभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् सदस्यहरुको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउनु हुने, विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले संविधानअनुसार बन्न बाँकी कानूनहरुको अध्ययन, प्रतिवेदन,२०८० सभा समक्ष पेस गर्ने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णयबाट आयोगको कार्याविपध थप गर्ने गरी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेस गर्ने कार्यसूचि छ ।

    संसदीय समितिमा सभापति उम्मेदवारी दर्ता
    संसदीय समितिको नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता गर्नुपर्नेछ । प्रतिनिधि सभाको निर्वाचन भएको ९ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रश्ताव दर्ता गराउन सक्नेछन् ।

    क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दाको सुनुवाई हुँदै
    क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको जबरजस्तीकरणीको मुद्दामा आजबाट सुनुवाई हुँदैछ । काठमाडौं जिल्ला अदालतमा आज आईतवार पेशी रहेको छ । लामो समयदेखि पेशी चढेर स्थगित हुने गरेको मुद्दामा आज भने अन्तिम सुनुवाई गर्ने अपेक्षा गरिएको छ ।

    १८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी) माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ । सन्दीपबिरुद्ध मुलुकी अपराध संहीता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

    आजको मौसम
    हाल कोशी,मधेस र वागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेस, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा–हुरीको सम्भावना रहेको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images