काठमाडौं-सरकारले उर्वर कृषि भूमि टुक्रा–टुक्रा पारेर बेच्न दिने निर्णय गरेको छ। गत वर्ष बनेको भूउपयोग नियमावली संशोधन गरेर सरकारले कृषि योग्य भूमि पनि कित्ताकाट गर्न दिने निर्णय गरेको हो।
साउन ३२ मा राजपत्रमा प्रकाशित सूचनामा ुसाविक नापचाँजबाट तयार भएको फिल्डबुकको किसिम, महलमा धनहर खेत तर्फको अब्बल, दोयम, सिम र चाहार र पाखो तर्फ अब्बल, दोयम उल्लेख भएको जग्गा कित्ताकाट गर्न पाइनेु उल्लेख छ। त्यस्तै, नयाँ नापजाँच भई तयार भएको फिल्डबुकको किसिम महलमा कृषि क्षेत्र उल्लेख भएको जग्गा पनि कित्ताकाट गर्न पाइने भएको छ।
२३ जेठ २०७९ मा जारी भएको भूउपयोग नियमावलीको नियम ५ को उपनियम ७ मा ६ महीनाभित्र कृषियोग्य जग्गा तोकेर चार किल्ला खुलाई कृषि क्षेत्र तोक्नु पर्ने व्यवस्था छ।

७५३ पालिका मध्ये सबैले जग्गा वर्गीकरण नगर्दै सरकारले कृषि क्षेत्र कित्ताकाट गर्न सकिने गरी नियमावली संशोधन गरिएको हो। त्यस्तै, नियम १२ को उननियम ४ को ४ लाई संशोधन गरेर कित्ताकाटबाट कायम भएको नयाँ कित्तालाई प्लट मिलान गरिने कित्तामा एकीकरण गरी नयाँ कित्ता कायम गर्नु पर्ने बनाइएको छ।
गाउँपालिका र नगरपालिकाहरूले ६ महीनाभित्र वर्गीकरण गरिसक्नुपर्ने नियम संशोधन गरेर एक वर्ष बनाइएको छ।





















