बाजुरा- अनेरास्ववियुका पुर्व केन्द्रीय सचिवालय सदस्य स्वर्गिय चेतनदीप ऐडीको हत्याको घटनालाई लिएर प्रतिनिधि सभा सदस्य एवं काँग्रेसका सह-महामन्त्री बद्री पाण्डेले दिएको गैर जिम्मेवार अभिव्यक्तिप्रति अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल बाजुराले आपत्ति जनाएको छ ।
अनेरास्ववियुका पुर्व केन्द्रीय सचिवालय सदस्य स्वर्गिय ऐडीको हत्या घटनालाई लिएर दिएको अभिव्यक्ति गैर जिम्मेवार र गैर कानुनी भएकोले नसच्याएसम्म प्रतिकार गर्ने प्रेस सम्मेलन मार्फत जानकारी गराएका छन् ।
नेपाल प्रेस युनियन बाजुराले हिजो (बुधबार) विहान मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद पाण्डेले दिएको गैर जिम्मेवार अभिव्यक्ति प्रति अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल बाजुराले आपत्ति जनाएको छ ।
बाजुरामा बिहिबार सयुक्त पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले अदालती प्रक्रियामा रहेको विषयलाई लिएर सांसद जस्तो जिम्मेवार व्यक्तिबाट कानुनी राज्य र न्यायको सिद्धान्त विपरित दिएको अभिव्यक्तिको घोर भत्र्सना गरेको जनाएकोे छ ।
आम नागरिकको साझा पद धारण गरेको सांसद जस्तो जिम्मेवार व्यक्तिले अदालतलाई बाहिर राखेर कानुनी राज्यको उपहास हुने र कानुनको बर्खिलापमा बोल्ने कुरा पदको गरिमा घट्ने, जनमतको नै अपमान हुने र सिंगो जिल्लाको बेइज्जती हुने कार्य हो, भन्ने हाम्रो ठहर हो अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले पत्रकार सम्मेलनमा प्रस्तुत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
२०७९ मंसिर ४ गते भएको प्रतिनिधी सभा र प्रदेश सभाको चुनावमा घाइते अवस्थामा ज्यानको सुरक्षाका लागि घर भित्र बसेका चेतनलाई बाहिर निकालेर अमानवीय चरित्र भएका दानवरुपी व्यक्तिहरुले हातहतियार, ढुंगा, लाठी र भालाहरु प्रयोग गरि कुटीकुटी विभत्र्स रुपमा गरिएको हत्यालाई समेत मजागको विषय बनाउने सांसदको अभिव्यक्तिको छानवीन गर्न प्रहरी प्रशासन समक्ष माग गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
राजनीतिक हतियार बनाएर निर्दोष व्यक्तिलाई फसाउन खोजिएको भनेर दिएको अभिव्यक्तिलाई प्रमाणित गरि निर्दोष फसेका भए, दोषी को हुन् ? अदालतलाई न्याय सदनमा सजिलो पार्न स–प्रमाण पेश गर्न चुनौति दिन्छौं बिज्ञप्तीमा भनिएको छ । यदी यसो हुन नसके वा प्रमाणित नगरिए अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल बद्रीप्रसाद पाण्डेको विरुद्ध प्रतिकार गर्न बाध्य हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
हत्यारालाई उन्मुक्ति दिने, हत्याराको बचाउ गर्ने, पार्टी कार्यकर्ता बचाउने बाहनामा न्याय मार्ने कुरा अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले सहन र स्वीकार्न नसक्ने र चेतनको न्यायका लागि जस्तो सुकै चुनौति सामना गर्न तयार रहने पत्रकार सम्मलेनमा प्रस्तुत गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
के छ विज्ञप्तिमा ?
























