बाजुराको यबुढीनन्दा नगरपालिका वडा नं.२ मा रहेको धुपागाड खोलामा युवाहरुको सक्रियतामा काठेपुल निर्माण गरिएको छ ।
खोलाले काठेपुल बगाएर स्थानीयहरुलाई आउजाउ गर्न समस्या भएपछि राष्ट्रिय युवा संघ नेपाल बाजुराको नेतृत्वमा उक्त खोलामा काठेपुल निर्माण गरिएको सचिव बिस्न कार्कीले जानकारी दिएका छन् ।
आईतबार राति परेको अबिरल बर्षासंगै धुपागाड खोलामा आएको बाढीका कारण काठेपुल बगाएपछि आउजाउमा समस्या भएको थियो ।
निरन्तरको वर्षाका कारण उक्त खोलामा अहिले पानीको बहाव बढ्दै गएको छ । खोलामा पक्की पुल नहुँदा वर्षेनी यो खोला हुँदै आवतजावत गर्ने स्थानीयहरु जोखिमपूणर् तरिकाले खोलामा वारपार गर्दै आएका छन् ।
धुपागाड खोलामा आएको बाढीले काठेपुल बगाएर लिएपछि तत्काललाई आवतजावतमा सहज बनाउन राष्ट्रिय युवा संघ जिल्ला सचिव बिस्न कार्कीको नेत्तृत्वमा युवाहरु गणेश बोहोरा प्रदेश निर्वाचन क्षेत्र नं (क) संयोजक सुरेन्द्र कुमार रोकाया र बुढिनन्दा नगर कमिटिका युवाहरुको सक्रियतामा काठेपुल निर्माण गरेको छ ।
यस अघि राष्ट्रिय युवा सघ नेपाल बाजुराको बैठकले जिल्लामा विपद आउँदा युवा सघका युवाहरु परिचालन गर्ने निर्णय गरेको थियो । काठेपुल निर्माणपछि आवत जावत गर्नका लागि सहज भएको छ ।


























