images
images
  • तपाईंको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल !

    आज २०८० साउन १२ गते शुक्रबार। २८ जुलाई २०२३।

    मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
    आज विवाद तथा प्रतिष्पर्धामा आज भाग नलिनुहोला । लगानीबाट नाफा कमाउन निकै संघर्ष गर्नुपर्ला । खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ ।

    वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
    आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । धन सम्पत्ति पनि हात पर्ला ।

    मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
    आज मङ्गल कार्यको योग छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । आतिथ्यपूर्ण सम्मान पाइएला । शेयर बजको लगानीले पनि लाभ मिल्नेछ ।

    कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
    आज धार्मिक कार्य सफल नै रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । पुँजी बजको लगानीले पछि लाभ मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला ।

    सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
    आज महत्त्व पूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुन सक्छ, तर मनोरञ्जनमा सहभागी भइनेछ ।

    कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
    आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ। बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
    दाम्पत्य जीवन सुखमय हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ, तर यात्रामा सावधानी अपनाउनु पर्नेछ र तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

    वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
    आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

    धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
    अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । सामान हराउने योग छ, तर विपरीत वर्गबाट विशेष सहयोग पनि मिल्छ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमीबाट विशेष सहयोग मिल्नेछ ।

    कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
    आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।

    मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
    अधुरो काम पूरा होला । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि रहेको छ ।

    -नेपाली पात्राेबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images