काठमाडौं– नेपालमा तत्काल भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कम्तिमा आज, भोलि र पर्सि (तीन दिन) ठूलो पानी नपर्ने महाशाखाका मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।
केही दिनयता पहाडी क्षेत्रमा वर्षा भए पनि त्यसको तुलनामा तराईमा कम पानी परिरहेको छ । यस्तो अवस्था अझै केही दिन कायम रहने पूर्वानुमान छ ।
पानी पार्ने मनसुनी रेखा मध्य भारतमा अवस्थित भएकाले केही दिनयता कम पानी परिरहेको छ । मौसमविद श्रेष्ठले मनसुनी रेखा तत्काल नेपालतर्फ सर्ने सम्भावना नदेखिएकाले कम पानी परिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















