काठमाडौं– पाल्पामा माछामार्ने जालमा फसेर एकजनाको मृत्यु भएको छ ।
रम्भा गाउँपालिका वडा नम्बर –२, फोक्सिङकोट रानीबासका २६ वर्षीय कोपिल पाडेमगरको कालीगण्डकी नदीमा माछा मार्न प्रयोग गरिने जालमा फसेर डुब्दा मृत्यु भएको हो ।
फोक्सिङकोटको छाप गाउँमा बस्दै आएका पाडेमगरको घरदेखि एक किलोमिटर टाढाको नदीमा माछा मार्न गएका बेला डुबेर मृत्यु भएको प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए ।
यस घटनाको विषयमा थप तथ्य पत्ता लगाउन अनुसन्धान समेत सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्





















